प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ
बुधबार, २० साउन २०७८, १८ : ०६

गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त हुनुभएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।
समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारी लगायतको उपस्थिति थियो । गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो । गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सकेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल