बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं १ मा ९२२ सङ्क्रमित थपिए

बुधबार, २० साउन २०७८, १७ : ५९
बुधबार, २० साउन २०७८

पछिल्लो २४ घण्टामा  प्रदेश नं १ मा ९२२ जनामा कोरोना सङ्क्रमण भएको छ । सो अवधिमा एक हजार ५६६ को पिसिआर परीक्षण गर्दा ४८५ र एक हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५ मध्ये विराटनगरमा ४१, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा छ, पाँचथर र सङ्खुवासभामा दुई÷दुई, इलाम र खोटाङमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको छ । 

सोही अवधिमा प्रदेशमा आज ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट सात जना महिलासहित १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप