१ सय २७ किलो गाँजासहित ३ जना पक्राउ
मकवानपुरको मनहरीबाट १ सय २७ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गतको पर्ने मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर–८ सिमपानीस्थित सडकखण्डबाट बी.आर.ई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाइ ल्याएको उक्त परिणामको गाँजासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र पर्साको वीरगन्ज महानगरपालिका वडा नम्वर ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको उक्त भारतिय ट्रकलाई रोकी चेकजाँच गर्दा लागुऔषध गाँजा फेला परेको प्रहरी निरीक्षक दासले बताए ।
पक्राउ गरिएको गाँजा, ट्रक र व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा राखेर थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
-
‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
-
वैकल्पिक भनिएका शक्तिहरू बिचार शून्य र विध्वंसात्मक बाटोमा लागे : राउत
-
प्रधानमन्त्री बालेनले संसदमा बोलेको कुरा रणनीतिक हो : विनोज बस्न्यात
-
असममा भारतीय वायुसेनाको विमान दुर्घटनामा ५ जनाको मृत्यु
-
उत्तरपश्चिमी पाकिस्तानमा भारी वर्षा, ४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण