बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी इम्बोस्ड नम्बर प्लेटबाट सरकारलाई २ अर्ब फाइदा हुने

बुधबार, २० साउन २०७८, १७ : ४०
बुधबार, २० साउन २०७८

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्दा राज्यलाई २ अर्ब फाइदा हुने बताएका छन् । बुधबार संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा उनले सो कुरा बताएका हुन् । हालसम्म १९ हजार सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको बताउँदै भाषाको विषयमा सर्वोच्चमा मुद्धा परेका कारण जडान संख्या कम भएको जानकारी गराए । उनले इम्बोस्ड नम्बर प्लेटका लागि सरकारले ५ अर्ब खर्च गर्दा सर्वसाधारणबाट ७ अर्ब उठ्ने भन्दै २ अर्ब फाइदा हुने उल्लेख गरे । 

यातायात सम्बन्धी यो काम प्रदेश सरकार अन्तर्गत रहेकोले प्रदेशमा जाने सो रकम केन्द्रमा कसरी ल्याउन सकिन्छ त्यसबारे छलफल गर्नुपर्ने बताए । उनले १ दिनमा १० हजार नम्बर प्लेट छाप्ने मेसिन ल्याउने तयारीमा रहेको पनि जानकारी दिए । अहिले विभिन्न ४ स्थानबाट यस्तो प्लेट छापिने गरेको उनले बताए । थानकोट नाकामा इम्बोस्ड नम्बर प्लेट भएका सवारी साधान स्क्यान गर्ने गेट राख्ने तयारी गरिएको पनि उनले बताए । साथै भक्तपुरको जगाती, नागार्जुन, फर्पिङ, जोरपाटीका साथै काठमाडौं उपत्यका बाहिर इटहरी, पथलैया, बुटवल, कोहलपुर र अत्तरिया गरी जम्मा १० स्थानमा आरएफआइडि गेटको निर्माण गरिने महानिर्देशक घिमिरेले बताए ।  
२०७३ साल जेठ १७ गते यातायात व्यवस्था विभागले डेकाटुर टाइगर आईटीसँग इम्बोष्ड नंबर प्लेट खरिद सम्झौता गरेको थियो । हालसम्म यसका लागि ५० करोड लगानी भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप