गण्डकी प्रदेशमा ५०० जनामा कोरोना पुष्टि, थप ४ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् ।
प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै म्याग्दीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनका अनुसार कास्की १४८, बागलुङ १६, स्याङ्जा ६७, म्याग्दी १, पर्वत ७१,गोरखा ४३, लमजुङ १६,तनहुँमा ५३ र नवलपुरमा ८५ जनामा संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार ६५१ पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१९ की ९८ बर्षिय महिला, कास्कीको माछापुच्छ्रे«्रे–६ का ९५ बर्षिय पुरुष, स्याङजा वालिङ–९ की ७४ बर्षिय महिला र नवलपरासी पूर्व कावासोती–३ की ८५ बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०९ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ८५६ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण