बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडाबाट लागु औषध नाइट्रोभेटसहित २ जना पक्राउ

बुधबार, २० साउन २०७८, १७ : ३५
बुधबार, २० साउन २०७८

मकवानपुरको हेटौंडाबाट लागुऔषध नाइट्रोभेटसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 
हेटौँडा उपमहानगरपालिका वडा नम्वर–१० स्थित गण्डकी हाउस रेष्टुरेन्टबाट लागुऔषध नाईट्रोभेट १ हजार १ सय २५ ट्याब्लेटसहित मंगलवार २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर–१३ का १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको प्रहरी निरीक्षक दासले बताए ।
विशेष सूचना आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको टोलीले सो गेष्ट हाउसबाट उनीहरुले बोकेको झोला चेकजाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उपर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप