शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राम्रो अवस्थाका २० वर्ष पुरानो सवारी साधन चलाउन दिन समितिको निर्देशन

बुधबार, २० साउन २०७८, १७ : ३५
बुधबार, २० साउन २०७८

संसदको विकास तथा प्रविधि समितिले राम्रो अवस्थामा रहेका २० वर्ष पुराना सवारी साधान सञ्चालन गर्न दिन निर्देशन दिएको छ ।  बुधबार समितिको कार्यालय सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र यातायात विभागमा महानिर्देशक नमराज घिमिरे सहितको छलफलपछि समितिले सो निर्देशन दिएको हो । समितिले यान्त्रिक परिक्षणमा ठीक रहेका सवारी साधनलाई विस्थापित नगर्न भनेको हो । 

समिति सभापति कल्याणी खड्काले २० वर्ष भन्दा बढी चलेका सार्वजनिक सवारी साधनहरु विस्थापित गर्ने सरकारको व्यवस्थाप्रति सवारी धनीहरुको प्रशस्त गुनासो आएको भन्दै त्यस्ता सवारी साधन चलाउन यान्त्रिक परीक्षणबाट उपयुक्त ठहरेमा सवारी साधान चलाउन अनुमति दिने कुरामा बिचार गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागलाई निर्देशन दिएकी हुन् ।

सरकारी ड्राइभिङ तालिम केन्द्र खोल्न निर्देशन 

संसदको विकास तथा प्रविधि समितिले सरकारी तबर सवारी ड्राइभिङ तालिम केन्द्र खोल्न सरकारलाई निर्देशन दिएको छ ।  बुधबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ७ वटै प्रदेशमा सरकारी सवारी चालक तालिम केन्द्र खोल्न समितिले  निर्देशन दिएको हो । 

सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा अत्यधिक सवारी दुर्घटना सवारी चालकको कमजोरी र लापरवाहीको कारण देखिएकोले निजी क्षेत्रका ड्राइभर स्कुल र सरकारी तालिम केन्द्रको एउटै मापदण्ड तयार पार्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप