शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दार्चुला घटनाबारे भारतको उच्च तहसँग छलफल गर्न देवकोटाको प्रस्ताव

बुधबार, २० साउन २०७८, १७ : २४
बुधबार, २० साउन २०७८

राष्ट्रियसभा बैठकमा बोल्दै सांसद अनिता देवकोटाले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताएकी छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताएकी हुन् । उनले यस घटनाको खोजी, अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताइन् । आगामी दिनमा यस्तो घटना नघटाउनको निम्ति सरकारले भारत सरकारको प्रतिवद्धता लिनुपर्नेमा पनि उनको जोड छ ।

उनले भनिन्– ‘जयसिंह धामीको तुइन काटेर बेपत्ता भएको घटनालाई भारतसँग सम्वाद गरोस् । आफ्ना नागरिकको न्यायिक पक्षमा यथाशिघ्र सरकारले खोजी, अनुसन्धान र सत्यतथ्य सार्वजनिक गर्न सकोस् । जयसिंह धामीका परिवारलाई उचित क्षति र राहतको व्यवस्थापन गरोस् । र भारतको उच्च तहसँग छलफल गरेर दोषीलाई कानूनी कारबाहीमा ल्याउने प्रयत्न गरोस् । अबदेखि यस्ता घटना नदोहोरिनको लागि भारतसँग प्रतिबद्धता लिन सकोस् भनेर म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । सदरमुकाम आउनका लागि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतालाई सँधैभरीका लागि अन्त्य गर्न सरकारसँग म आग्रह गर्न चाहान्छु ।’

सांसद देवकोटाले मुलुक कोभिड १९ संक्रमणबाट आक्रान्त भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न र कम आय भएका नागरिकलाई आर्थिक राहत प्याकेज ल्याउन ध्यानाकर्षण पनि गराइन् ।

उनले भनिन्– ‘अहिले मुलुक कोभिडबाट आक्रान्त छ । सबै नागरिकलाई खोपको सुनिश्चितता त्यसैगरी उद्योगधन्दा र कम आय भएका व्यक्तिहरु धेरै प्रभावित छन् । विभिन्न वर्गलाई आर्थिक राहतका प्याकेजहरु ल्याएर सरकारले यथाशिघ्र यो कोभिडको मारमा परेका नागरिकहरुलाई अभिभावकत्व प्रदान गरोस् भनेर म भन्न चाहान्छु ।’ उनले कोभिड संक्रमणको तेस्रो लहर आउने सम्भावनाको उल्लेख गर्दै त्यस विरुद्ध जुध्ने सामथ्र्यको सुनिश्चितता गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप