बेलायतमा कोरोनाबाट हुने मृत्युदर फेरि बढ्यो

कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो ।
यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो । यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना