जलविद्युत क्षेत्र चम्किँदा नेप्सेमा उछाल, परिसूचक ३१ सय २३ विन्दुमा पुग्यो

पछिल्लो समय जलविद्युत क्षेत्र चम्किदा सेयर बजारमा उछाल आएको छ । गत मंगलबार २६.०२ अंकले बढेर ३१ सय ११ बिन्दुमा पुगेर रेकर्ड राखेको नेप्सेले बुधबार थप १२.०५ अंकले बढेर ३१ सय २३.१४ बिन्दु कायम गर्न सफल भएको हो ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार यस दिन पनि जलविद्युत क्षेत्रमा पोजेटिभ भाइव आएसँगै सेयर बजारमा साढे १५ अर्ब माथिको कारोबार भएको छ । यस दिन १२ अंक माथिले बढेको बजारमा २ करोड ८८ लाख कित्ता माथिको सेयर १ लाख ४४ हजार पटक माथि किनबेच हुँदा १५ अर्ब ५९ करोड ५७ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
यस दिन हाइड्रोपावर (जलविद्युत) क्षेत्रको मात्र अधिकतम ५.८१ प्रतिशतले मूल्य बृद्धि भएको छ । यस्तै, बैंकिङ, विकास बैंक, फाइनान्स, म्यानु एण्ड प्रो र इन्भेष्टमेन्ट समूह यस दिन धनात्मक भएका छन् भने, व्यापार, होटल तथा पर्यटन, जीवन तथा निर्जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड लगायतका समूहहरु नेगेटिभ भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा धमाधम बजेट निर्माण, कुन मन्त्रालयलाई कति सिलिङ ?
-
थाइल्यान्ड जानुअघि प्रचण्डलाई देउवाको फोन
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे