बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशसभा सदस्य विमला वली माओवादीको सम्पर्कमा !

बुधबार, २० साउन २०७८, १६ : १९
बुधबार, २० साउन २०७८

लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली फेरि माओवादीको सम्पर्कमा पुगेको दावी गरिएको छ । एक हप्तादेखि माओवादी पार्टी र मिडियाको सम्पर्क बाहिर रहेकी वलीले आफू एमाले रहेको भन्दै सोमबार प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । तर, बुधबार फेरि  पार्टीको सम्पर्कमा आएको र उनले आफू माओवादी सांसद नै कायम रहेको उनले बताएको माओवादी नेताहरुले दावी गरेका छन् ।

सम्पर्कविहीन भनिएको वली आज दिउँसो माओवादी पाटीको सम्पर्कमा आएका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री सुदर्शन वरालले  बताए । 

उनले भने, ‘हाम्रो साथीहरुको सम्पर्कमा आउनु भएको छ, उहाँ हाम्रै मान्छे हो ।’  मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमा वलीको पनि हस्ताक्षर रहेको छ । वलीसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा उनको फोन उठेन । 
 सांसद वोलीलाई नेपालगञ्ज जाने भनेर दाङबाट गाडी चढाएर बुटवल ल्याएर मुख्यमन्त्री निवासमा राखिएको माओवादी माओवादीले आरोप लगाउँदै आएको छ । 

दाङ निर्वाचन क्षेत्र नम्बर ३ ख बाट निर्वाचित उत्तरकुमार वलीको सवारी दुर्घटनमा मृत्यु भएपछि उनकी पत्नी विमला उपनिर्वाचनमा विजयी भएकी थिइन् । नेकपा एकता बदर भएर एमाले र माओवादी बनेकी विमला तानातानमा परेकी हुन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप