बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पुराना निर्देशक उमेशनाथ अर्यालको निधन

बुधबार, २० साउन २०७८, १६ : ०६
बुधबार, २० साउन २०७८


नेपाली कला क्षेत्रका पुराना निर्देशक उमेशनाथ अर्यालको निधन भएको छ । अर्यालको हृदयघातको कारण कारण बुधबार बिहान निधन भएको हो ।

अर्यालको निधनको जानकारी अभिनेता सरोज खनालले सामाजिक संजाल मार्फत गराएका छन् । सरोजले लेखेका छन् ‘मेरा आदरणीय गुरु उमेशनाथ अर्याल जसले ‘भिडदेखि भिडसम्म’, ‘बन्धकमा परेको जीवन’, ‘आकाश पनि चुप छ’, ‘पिजडा’लगायत अन्य थुप्रै कालजयी टेलिफिल्महरुको लेखन एवं निर्देशन गर्नु भएको थियो । केही दिन अघि परेको गुरु पूर्णिमाको दिन म आशीर्वाद लिन उहाँको निवास गएको थिए । आज बिहान हृदयघातका कारण उहाँको स्वर्गारोहण भएकाले आफ्नो अभिभावक गुमाउनु परेको पिडाबोध भइरहेको छ ।’

अर्यालको निधन प्रति नेपाली कलाक्षेत्रका बिभिन्न ब्यक्तिहरुले सामाजिक संजाल मार्फत शोक ब्यक्त गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप