फिल्म छायाङ्कनमा सहजीकरणको माग गर्दै प्रहरीलाई निर्माता संघको पत्र
चलचित्र निर्माता संघले प्रहरी प्रधान कार्यालयलाई फिल्म छायांकनका लागि आवश्यक उपकरण सहज रुपमा उपलब्ध गराउन अनुरोध गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले प्रहरी नायव महानिरीक्षक वसन्तकुमार लामालाई संघको तर्फबाट एक पत्र बुझाउँदै सो अनुरोध गरेका हुन् ।
फिल्म छायांकनका लागि अत्यावश्यक हात हतियार, भ्यान, पोशाक, प्रहरी जवान र सहुलियत राजस्वमा सहजीकरण गर्न समेत प्रहरी प्रधान कार्यालयलाई पत्र मार्फत अनुरोध गरिएको छ । निर्माता संघले बुझाएको ६ बुँदे पत्रमा फिल्म छायांकनका लागि प्राप्त र उपकरण जरुरी परे निर्माता संघमार्फत आउने ब्यवस्था मिलाउन, माग भएको तीन दिनभित्र आवश्यक सामान उपलब्ध गराउन र प्रहरी जनशक्ति चाहिएको खण्डमा २५ देखि ५० प्रतिशत जनशक्ति उपलब्ध गराउन, प्रहरी भ्यान लिएबापत लाग्ने शुल्क घटाएर १० देखि १५ हजार कायम गर्न र प्रहरीकै निगरानीमा सक्कली हतियारबाट फिल्म छायाँकन गर्न सहज वातावरण मिलाउन लगायत माग समेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वाधिक चासो र चर्चाको ‘नेपाल प्रिमियर लिग’ आजदेखि
-
आज बालाचतुर्दशी, शिवालयमा शतबीज छरिँदै
-
युरो, पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, जापानी येनको मूल्य बढ्यो, कसको कति ?
-
पर्वतारोहणमा जानेहरुलाई पूर्व चेतावनी, यस्तो छ आजको मौसम
-
शुभकार्य र यात्रा कस्तो बेला पारेर गर्ने ? हेरौँ आजको राशिफल
-
बराबरीले ब्राइटनलाई घाटा, झनै पछारियो साउथ ह्याम्पटन