शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘इकु’को म्युजिक भिडियोमा पुष्प र प्रकृतिको रोमान्स

बुधबार, २० साउन २०७८, १४ : ३२
बुधबार, २० साउन २०७८

हास्य कलाकार सुलेमान शंकर ‘इकु’ को निर्देशन रहेको नयाँ म्युजिक भिडियो ‘जिउनु छ साथमा’ सार्वजनिक भएको छ । भिडियोमा सुलेमानले अभिनेता पुष्प खड्का र नव मोडल प्रकृति घिमिरेलाई भिडियोमा रोमान्टिक अवतारमा उतारेका छन् ।

प्रेमकथा बुनिएको भिडियोमा पुष्प र प्रकृतिको अलवा छत्र श्रेष्ठको समेत अभिनय देख्न सकिन्छ । जसको कन्सेप्ट मुस्कान ढकालको तयार पारेका हुन् ।
प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको गीतमा शब्द तथा संगीत ज्ञानेन्द्र गिरीकै छ । शिशिर खातीको कोरियोग्राफी, सन्देश शाहको सम्पादन रहेको भिडियो पवन सुस्लिङले छायाँकन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप