एमालेका स्थानीय नेता–कार्यकर्ताबाट दलितमाथि कुटपिट
धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।
धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।
धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।
सामाजिक झै–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।
प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितको न्यायका लागि कानुनी अड्चन फुकाइने
-
विदेशबाट ल्याइएको मोबाइल र ल्यापटसहित ३७ लाखको सामान एयरपोर्टबाट बरामद
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण