शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेका स्थानीय नेता–कार्यकर्ताबाट दलितमाथि कुटपिट

बुधबार, २० साउन २०७८, १४ : १३
बुधबार, २० साउन २०७८

धनुषाका एक दलित परिवारलाई नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताको एउटा समूहले घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाधाम नगरपालिकाका एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।

धनुषाधाम नगरपालिका–४ का दलित समुदायमाथि कुटपिट भएको हो । कुटपिटबाट श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।

धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको घाइते श्रीचन महराले बताए । जग्गा विवादको विषयलाई निहुँ बनाएर यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।

सामाजिक झै–झगडाको विषयमा विवाद हुँदा एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप