शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोभिसिल्डको दुई डोज लिइसकेका व्यक्ति ९३ प्रतिशत सुरक्षित

बुधबार, २० साउन २०७८, १३ : ४१
बुधबार, २० साउन २०७८

खोप लगाउनुका बाबजुद संक्रमित हुनसक्ने खबरले हैरान रहेका मानिसहरुलाई राहतको खबर छ । विशेषगरी एस्ट्राजेनेका कम्पनीको कोभिशिल्ड खोप लगाएका व्यक्तिहरुले यस्तो राहत महसुस गर्नसक्छन् । 

भर्खरैमात्र भारतका १५ लाख ९० हजारभन्दा धेरै स्वास्थकर्मी र फ्रन्टलाइन वर्कर्समाथि भएको अध्ययनअनुसार कोभिशिल्ड दुबै डोज लिइसकेका मानिस ९३ प्रतिशत सुरक्षित छन् । 

 ब्रेक थ्रुु इन्फेक्सन (खोप लगाइसकेपछि हुने संक्रमण) बारे भारतमा गरिएको यो अहिलेसम्मकै ठूलो अध्ययन हो । यस अध्ययनअनुसार खोप लगाइसकेपछि कोरोना हुने दर १ दशमलव ६ प्रतिशतमात्रै छ । अर्थात्, १ हजार मानिसमा केवल १६ जनालाई कोरोना हुनसक्छ । यो अध्ययन ‘द न्यु इङल्यान्ड जर्नल अफ मेडिसिन’मा प्रकाशित छ । 

खोपको प्रभावकारीताबारे विश्वकै ठूलो अध्ययन 
आम्र्ड फोर्सेज मेडिकल कलेजको यस अध्ययन विश्वकै अहिलेसम्मको ठूलो अध्ययन हो । अहिले यसको अन्तरिम नतिजा जारी गरिएको हो ।

 अनुसन्धानकर्ताहरुका अनुसार यसअघि गरिएका अध्ययनको स्याम्पल साइज १० लाखभन्दा कम थियो । भारतको नीति आयोगका सदस्य डाक्टर विके पालका अनुसार यो अध्ययन १५ लाखभन्दा धेरै डाक्टर र फ्रन्टलाइन कर्मचारीमा गरिएको थियो ।

 ‘जसले कोभिशिल्ड खोपको दुई डोज लगाएका थिए । उनीहरुमा ९३ प्रतिशत सुरक्षा देखियो । कोरोनाको दोस्रो लहरका दौरान डेल्टा भेरिएन्टको कहर देखिएको थियो । यो अध्ययन त्यही समयको हो ।’

भारतमा १६ जनवरीमा खोपको सुरुवात भएको थियो । मेइ ३० सम्म खोप लगाइसकेका १५ लाख ९० हजारमा खोपको प्रभावकारिताबारे अध्ययन गरिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप