बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तहरूको अस्वाभाविक नाफा राष्ट्र बैङ्कले नियन्त्रण गर्छ : गभर्नर

बुधबार, २० साउन २०७८, १३ : ०७
बुधबार, २० साउन २०७८

गभर्नर महाप्रसाद अधिकारीले अस्वाभाविक नाफा आर्जन गर्ने `घ´ वर्गका लघुवित्तलाई राष्ट्र बैकले नियन्त्रण गर्ने बताएका छन् । बुधबार संसदीय अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । 

पछिल्लो समय आम सर्वसाधारण सेवा ग्राहीहरूको घरदैलोमा पुग्ने लघुवित्तहरूले सेवाभन्दा बढी नाफा आर्जन गरेको र ऋणीहरूको वृद्धि विकासमा जोड नदिएको गभर्नरको आरोप छ । यद्यपि, बैक तथा वित्तीय संस्थाहरूले ब्याजदर आफूखुसी निर्धारण गर्न पाउनु पर्ने माग राख्ने गरे पनि राष्ट्र बैङ्क ले कहिल्यै हस्तक्षेप नगरेको गभर्नर अधिकारीले समितिमा बताए । 

`उहाँहरू ब्याजदरमा राष्ट्र बैकले हस्तक्षेप गर्नु हुँदैन, आफूखुसी निर्धारण गर्न पाउनुपर्छ भन्नु हुन्छ । तर यसमा राष्ट्र बैकले केही गरेको छैन´ गभर्नर अधिकारीले भने, ´ब्याजदर तोक्ने काम राष्ट्र बैकको होइन, बैङ्क तथा वित्तीय संस्थाहरूकै हो । राष्ट्र बैङ्कले त स्प्रेडदर तोक्ने मात्र हो ।´

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप