शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१२ वर्षकी बालिकाले जितिन् ओलम्पिकमा पदक

बुधबार, २० साउन २०७८, १२ : ४६
बुधबार, २० साउन २०७८

जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । 

कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान बनाइन् । १३ वर्ष २८ दिनमा पदक जितेर उनले ओलम्पिक पदक जित्ने कान्छी बेलायती खेलाडीको कीर्तिमान बनाएकी हुन् । उनले ५६.४७ अंक स्कोर गरिन् । ‘यो अद्भूत छ । यथार्थ होइनजस्तो लागेको छ । म यहाँ आउन पाउँदा खुसी छु,’ ब्राउनले खेलेपछि भनिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप