शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल

बुधबार, २० साउन २०७८, १२ : ४३
बुधबार, २० साउन २०७८

‘मिस नेपाल सुप्रानेशनल–२०२०’ सिमल कनौजियामा पोल्याण्ड पुगेकी छन् । १२औं संस्करणको ‘मिस सुप्रानेशनल पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न उनी सो पोल्याण्ड पुगेकी हुन् । उनी नेपालबाट भने पोल्याण्डका लागि सोमबार उडेकी थिइन् ।

प्रतियोगिता यही अगष्ट २१ (भदौ ५ गते, शनिवार) का दिन नोवा साक्ज, पोल्याण्डमा सम्पन्न हुँदैछ ।  गत वर्षको डिसेम्बर ५ का दिन काठमाडौंमा सम्पन्न भएको ‘मिस नेपाल–२०२०’मा सिमलले मिस नेपाल सुप्रानेशनलको उपाधि जितेकी थिइन् । मिस सुप्रानेशनल पेजेन्टमा नेपालको प्रतिनिधित्व गर्ने उनी तेस्रो सहभागी हुन् ।

मिस सुप्रानेशनल पेजेन्टको तयारीका लागि सिमल कोरियोग्राफर रचना गुरुङ, अफिसियल फोटोग्राफर राजभाइ सुवाल, अफिसियल ड्रेस डिजाइनर मनिष राई, कासा तथा रानीज कलेक्सनबाट प्रशिक्षण लिएकी छन् । प्रतियोगिताको नेशनल कस्ट्यूम राउण्डका लागि सिमलले नमूना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीहरुको अवधारणा तथा डिजाइनमा तयार भएको पहिरन लगाउने बताइएको छ ।

प्रतियोगितामा सिमलले ४ मिनेट लामो परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन्, जसमा नेपालका बहुमूल्य संस्कृति, सम्पदा, प्राकृतिक सौन्दर्य तथा स्तन क्यान्सरको सचेतनाका लागि उनैले तयार पारेको सोसल प्रोजेक्ट समावेश छ ।

काठमाडौंकी २४ वर्षीया सिमलले काठमाडौं विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टबाट बीबीए उत्तिर्ण गरेकी छिन् । भविष्यमा उद्यमी बन्ने लक्ष्य उनको रहेको छ । उनले विगतमा उद्‍घोषकको रुपमा समेत काम गरिसकेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप