‘विभूषण समिति’को सदस्यमा कलाकार श्रेष्ठ मनोनित
विशिष्ट कलाकार मदन दास श्रेष्ठ राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्वलाई विभूषित गर्न नेपाल सरकारबाट गठित समिति ‘विभूषण समिति’को सदस्यमा मनोनित भएका छन् । नेपाल सरकार, मन्त्रीपरिषदको हालै बसेको बैठकले श्रेष्ठलाई उक्त समितिको सदस्यमा मनोनित गरेको हो ।
गृहमन्त्री अध्यक्ष रहने समितिमा श्रेष्ठ सहित अन्य ५ जना सदस्य समेत मनोनित भएका छन् । जसमा प्राध्यापक डा. भुषण श्रेष्ठ, गोबिन्द प्रसाद शर्मा, ओम प्रकाश महत्तो, नरबहादुर कडेल लगायत रहेका छन् ।
राष्ट्रिय पदक, मेडलका अलवा राज्यबाट दिने बिभिन्न पुरस्कार लगायतका लागि देशभरका बिभिन्न स्थानबाट सिफारिस भएर आउँने व्यक्तिहरुको अन्तिम नामावली टुङ्गो लगाउने काम यो समितिले गर्नेछ ।
राज्यले ‘विभूषण समिति’ सदस्यमा आफुलाई समेटेकोमा कलाकार श्रेष्ठले निकै खुसी ब्यक्त गरेका छन् । राज्यले कलाकारलाई यस्तो समितिमा समेट्नु भनेको कलाकार प्रतिको सम्मान भएको श्रेष्ठले प्रतिक्रिया दिए । उनले राज्यले दिने सम्मान आग्रह पुर्वाग्रह बाहिर रहेर आफुले काम गर्ने बताए ।
‘राज्यको कुनैपनि सम्मान राजनीतिक हिसावले पनि हेर्नु हुँदैन । आग्रह पुर्वाग्रहको रुपमा पनि हेर्नु हुदैन भन्ने मान्यताका साथ स्वतन्त्र र निष्पक्ष रुपमा सम्मानित ब्यक्ति छनौटमा म जहिले पनि लाग्नेछु’ श्रेष्ठले रातोपाटीसँग भने ।
श्रेष्ठ रंगमञ्च, रेडियो नाटक, चलचित्रदेखि टेलिचलचित्रसम्म सबैतिर छाउन सफल कलाकार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब