शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट, तोलामा कति ?

बुधबार, २० साउन २०७८, ११ : ४७
बुधबार, २० साउन २०७८

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच बुधबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार रु १० ले बढेर १२८५ रुपैयाँमा कारोबार भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप