सानिमा लाइफ इन्स्योरेन्सको सेयर खुल्यो

person explore access_timeसाउन २०, २०७८ chat_bubble_outline0


सानिमा लाइफ इन्स्योरेन्सले बुधबारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले हाल कायम जारी पूँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात रु. ६० करोड रकम बराबरको सेयर जारी गरेको हो । 

प्रति शेयर रु. १०० अंकित दरका ६० लाख कित्ता शेयर मध्ये ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि तथा थप ५ प्रतिशत शेयर बराबर ३ लाख कित्ता कर्मचारीहरुका लागि छुट्याई बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको हो । 

कम्पनीको प्राथमिक निष्काशन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीको प्राथमिक निष्काशन (आइपिओ)मा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज विहान १० बजेबाट छिटोमा आइतबार अपरान्ह ५ बजे भित्र आवेदन दिन सक्नेछन् । 

अवधिमा सबै शेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा भदौ २ गतेसम्म शेयर बिक्री खुला रहने छ । यस्तै गरी आवेदकले न्यूनतम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।