शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

साउथ चाइना सी विवादमा भारतको ‘इन्ट्री’ : चारवटा युद्धपोत पठाउँदै

बुधबार, २० साउन २०७८, १० : ५७
बुधबार, २० साउन २०७८


भारतले विवादित साउथ चाइना सीमा चारवटा युद्धपोतको टास्कफोर्स पठाउने भएको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार ती युद्धपोतले त्यहाँ दुई महिना बिताउनेछ र क्वाड समूहका अमेरिका, जापान र अस्ट्रेलियासँग अभ्यासमा सहभागी हुनेछ ।

मिति नखुलाइए पनि युद्धपोत यही महिना त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ । टास्कफोर्स मा एउटा गाइडेड मिसाइल डेस्ट्रोयर, गाइडेज मिसाइल फ्रिगेट, एन्टी सबमरिन कोरभेट र गाइडेड मिसाइल कोरभेट समावेश छन् । दुई महिनाको दौरान यी युद्धपोत विभिन्न अभ्यासमा सहभागी हुनेछन् जसमा अमेरिका, जापान र अस्ट्रेलियासँग हुने मालाबार २०२१ जलसेनाको अभ्यास पनि समावेश छ ।

अन्य दुई पक्षीय अभ्यासमा सिंगापुर, भियतनाम, इन्डोनेसिया र फिलिपिन्ससँग पनि अभ्यासहरू गरिने रक्षा मन्त्रालयले जनाएको छ ।

साउथ चाइना सीमा पछिल्लो समय निकै सक्रियता बढेको छ । केही समयअघि मात्र चीनको जनमुक्ति सेना र अमेरिकाले अभ्यास गरेको थियो । बेइजिङले सो क्षेत्रमा आफ्नो एकल दाबी प्रस्तुत गर्दै आइरहेको छ ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप