बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चोटका कारण टोनी क्रोस एक महिना मैदान बाहिरै रहने

बुधबार, २० साउन २०७८, १० : ३३
बुधबार, २० साउन २०७८

रियल म्याड्रिडका जर्मन स्टार टोनी क्रोसले ग्रोइनको चोटका कारण एक महिना मैदान बाहिरै बिताउनुपर्ने भएको छ । २०२०/२१ को सिजन पनि उनी धेरैपटक ग्रोइनको समस्याबाट ग्रस्त थिए । रियलले १४ अगस्टमा ला–लिगामा अलाभासको सामना गर्दैछ र क्रोसले यो खेल गुमाउने लगभग तय भइसकेको छ । 

उनी यस अवधिमा चोटबाट निको हुनका लागि आराम गरिरहेका हुनेछन् ।  क्रोसले व्यवसाहिक फुटबलमा ध्यान केन्द्रीत गर्ने भन्दै केही समयअघिमात्रै जर्मनीबाट सन्यास लिएका थिए । यस्तो निर्णय लिएको केही समयमै घाइते हुनु उनका लागि व्यक्तिगत रुपमा पनि पीडादायी रह्यो । 

२०१४ यता क्रोसले रियलबाट खेलिरहेका छन् । यी मिडफिल्डरले रियलका लागि २ सय १५ खेलमा १८ गोल गरेका छन् । उनले जर्मनीबाट १ सय ६ खेल खेल्दै १७ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप