यूएईबाट जहाज हाइज्याक, इरान लगिँदै
पानामाको एक जहाजलाई बन्दुकधारीहरुले गल्फ अफ यूएईबाट हाइज्याक गरेर इरान लान थालिएको लोयड्स मेरिटाइम इन्टेलिजेन्सले पुष्टि गरेको छ । ट्याङ्कर जहाज एमभी अस्फाल्ट प्रिन्सेस यतिबेला स्ट्रेट अफ हर्मुजतर्फ अघि बढिरहेको उसको भनाइ छ ।
हाइज्याक गरिएको जहाज कसको नियन्त्रणमा छ भन्ने यकिन नभए पनि यसमा इरानको हात रहेको आशङ्का गरिएको छ । तर, इरानका रिभोलुसनरी गार्डले भने सबै आरोपलाई खारेज गरेको छ ।
एक हप्ताअघि मात्र इजरायली तेल ट्याङ्करमाथि ओमन नजिकै ड्रोन हमला भएको थियो । सो घटनामा दुई जना सुरक्षा गार्डको मृत्यु भएको थियो । अमेरिका, बेलायत र इजरायलले उक्त घटनामा इरानमाथि आरोप लगाए पनि सो दाबीलाई इरानले खण्डन गर्दै आएको छ ।
बीबीसीका अनुसार एमभी अस्फाल्ट प्रिन्सेस दुबईमा रहेको एक कम्पनीको स्वामित्वमा रहेको छ । उक्त कम्पनीको एक जहाजलाई दुई वर्षअघि इरानकै रिभोलुसनरी गार्डले हाइज्याक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन