मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा संक्रमण दर घट्दै, मृतक भने ४ महिनायताकै उच्च

मङ्गलबार, १९ साउन २०७८, २३ : ११
मङ्गलबार, १९ साउन २०७८

 बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् ।  नयाँ संक्रमितसँगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० कोरोना संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्या विगत ४ महिनायताकै उच्च हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २९ हजार ८८१  जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ५४ लाख ८८ हजार ८५७ डोज खोप वितरण भइसेको छ । जसमध्ये चार करोड ६८ लाख ९८ हजार ५२५ जनाले खोपको पहिलो डोज र तीन करोड ८५ लाख ९० हजार ३३२ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप