तनहुँमा ‘फेसन फ्युजन नाइट २०१७’ हुँदै, २३ मोडल प्रतिस्पर्धामा

तनहुँ । इलिगेन्ट इभेन्ट म्यानेजमेन्ट एण्ड प्रोडक्सन हाउसको आयोजनामा शनिबार दमौलीमा फेसन फ्युजन नाईट २०१७ आयोजना हुँदैछ । तनहुँका १५ युवति र ८ युवा मोडल गरि २३ जना मोडल फेशन नाइटमा प्रस्तुत हुने भएका छन् ।
फेसन शोमा २३ जना सहभागीहरूले तनहुँ र चितवनका विभिन्न डिजाइनरहरूले तयार पारेको पोशाकमा आफ्नो प्रस्तुती प्रस्तुत गर्ने आयोजक इलिगेन्ट इभेन्ट म्यानेजमेन्टकी अध्यक्ष ममता श्रेष्ठले बताइन् ।
तनहुँका युवायुवतीलाई फेसन शोको माध्यममार्फत उनीहरू भित्रको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रमकी संयोजक केशिका श्रेष्ठले जानकारी दिइन् ।
दमौलीस्थित तनहुँ उद्योग वाणिज्य संघको हलमा हुने फेसन फ्युजन नाइटमा फेसन शोसँगै विभिन्न गायन, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरू हुने आयोजकमध्यकी रोशनी थापाले रातोपाटीलाई जानकारी दिइन् । तनहुँसँगै चितवनका डिजाईनरद्धारा डिजाईन गरिएका पोशाकहरूका साथै दमौलीका फेसन कलेक्सनहरुको प्रदर्शनमा मोडलहरु फेसन शोमा प्रस्तुत हुन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय