शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलङ्कामा एक करोड मानिसले कोभिड–१९ विरूद्धको खोप लगाए

मङ्गलबार, १९ साउन २०७८, २२ : ५५
मङ्गलबार, १९ साउन २०७८

श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए । 

जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइने बताए । 

सरकारी अधिकारीका अनुसार श्रीलङ्काले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ । 

३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ । 

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप