शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘अफगानिस्तानमा शान्ति सेना पठाउने विषयमा सोचिएको छैन’

मङ्गलबार, १९ साउन २०७८, २२ : २९
मङ्गलबार, १९ साउन २०७८

अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने विषयमा अहिले नसोचिएको संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूतले बताएका छन् ।
 
संयुक्त राष्ट्रसङ्घका लागि भारतीय राजदूत टिएस तिरुमूर्तिले सो कुरा बताएका हुन् । 

    उनलेभने, हामीले अहिले नै अफगानिस्तनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना पठाउने बारेमा केही सोचेका छैनौँ, मलाइ लाग्छ यो अहिलेको अवस्थाको समाधानका लागि शान्ति वार्ता नै विकल्प हुनसक्छ । 

    हाल भारत संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्ष रहेको छ । अध्यक्षको हैसियतमा तिरुमूर्तिले सो कुरा बताएका हुन् । 

उता अफगानिस्तानको दक्षिणी हेल्माण्ड प्रान्तमा तालिबानीसँग भीषण भीडन्त जारी नै रहेको समाचारमा आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप