शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

मङ्गलबार, १९ साउन २०७८, २१ : ५८
मङ्गलबार, १९ साउन २०७८

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा जारी गतिरोधसम्बन्धी समस्या पहिचान र छानबिन गर्न गठित कार्यदलले सो विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार प्रधानमन्त्री देउवाले उक्त प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मंगलबार नै निर्देशन दिएका छन् ।

सरकारले असार ३१ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोधको समस्या पहिचान र छानबिन गरी प्रतिवेदन पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिवहरू, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका एघारौँ तहका अधिकृत, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक र प्रतिष्ठानका सञ्चालक परिषद् सदस्यसहितको कार्यदल गठन गरेको थियो ।

सो प्रतिष्ठानका स्वास्थ्यकर्मी, कर्मचारी तथा विद्यार्थीहरूले उपकुलपतिसहितका पदाधिकारीहरू बर्खास्त गर्न माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप