प्रदेश २ मा जनतालाई खोप लगाउन प्रेरित गर्न मुख्यमन्त्रीलाई गृहमन्त्रीको आग्रह

person explore access_timeसाउन १९, २०७८ chat_bubble_outline0

 

गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेट वार्ता भएको छ। मंगलबार सिंहदरबार स्थित गृह मन्त्रालयमा भेटको क्रममा मन्त्री खाँणले प्रदेश २ को समग्र विकास र जनताको पक्षमा आफू रहेको बताएका थिए।

हाल कोभिड नियन्त्रण गर्न प्रदेश २ मा पर्याप्त मात्रामा खोपहरू उपलब्ध भएता पनि प्रयोग नभएकोमा पनि खाँणले चिन्ता व्यक्त गरेका थिए । प्रदेश २ का जनतालाई खोप लगाउन उत्प्रेरित गर्न मुख्यमन्त्रीसँग खाँणको आग्रह थियो। साथै सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई मजबुत गरी देश र जनताको पक्षमा काम गर्ने मन्त्री खाँणले बताए ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।