बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साता पर सारियो

मङ्गलबार, १९ साउन २०७८, २१ : २५
मङ्गलबार, १९ साउन २०७८


मध्यपश्चिम विश्वविद्यालय (एमयु) का सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको हो ।

यसअघि साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगित भएका थिए । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सार्नुपरेको हो ।

विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमै लिने जनाएको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए ।

परीक्षा व्यवस्थापन कार्यालयले भने कुनै पनि हालतमा परीक्षा अनलाईन माध्यमबाट नगर्ने अडान लिएको छ ।

यसैगरी प्राध्यापकहरुले पनि विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको विरुद्ध आन्दोलन गरिरहेका छन् । उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरु असन्तुष्ट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप