मध्यपश्चिम विश्वविद्यालयका सबै परीक्षा पुनः एक साता पर सारियो

मध्यपश्चिम विश्वविद्यालय (एमयु) का सबैखाले परीक्षा पुनः एक साता पछाडि धकेलिएका छन् । विश्वविद्यालयले मंगलबार सूचना जारी गर्दै परीक्षा एक साताका लागि सारिएको जनाएको हो ।
यसअघि साउन १२ गतेदेखि सञ्चालन गर्ने भनिएका विभिन्न संकायका परीक्षा विद्यार्थी र प्राध्यापकहरुको आन्दोलनका कारण स्थगित भएका थिए । विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयका अनुसार लामो समयदेखि १८ बुँदे माग राख्दै आन्दोलनमा होमिएका विद्यार्थीहरु बीच वार्ता गर्न केही समय लाग्ने भएकाले परीक्षा सार्नुपरेको हो ।
विश्वविद्यालयले १२ गतेदेखि विज्ञान तथा प्रविधि संकायको स्नातक तह र १३ गतेदेखि स्नातकोत्तर तहको परीक्षा भौतिक उपस्थितिमै लिने जनाएको थियो । तर, विद्यार्थीहरुले भने अनलाइनमार्फत परीक्षा हुनुपर्ने लगायतका माग राख्दै आन्दोलन जारी राखेका थिए ।
परीक्षा व्यवस्थापन कार्यालयले भने कुनै पनि हालतमा परीक्षा अनलाईन माध्यमबाट नगर्ने अडान लिएको छ ।
यसैगरी प्राध्यापकहरुले पनि विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहको विरुद्ध आन्दोलन गरिरहेका छन् । उपकुलपतिको कार्यशैलीप्रति विद्यार्थी र प्राध्यापकहरु असन्तुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी