धनुषा प्रहरीको हिरासतमा थुनुवाको मृत्यु प्रकरणमा जवान निलम्बित
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रहरी जवान जय प्रकाश यादवलाई निलम्बन गरिएको प्रदेश–२ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले रातो पाटीलाई बताए ।
लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रवार हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रदेश–२ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत डिएसपी मकेन्द्रकुमार मिश्रलाई त्यहाँबाट हटाएको छ । मिश्रलाई प्रदेश कार्यालयमा हाजिर हुने गरी बोलाइएको एसपी प्रसाईले बताए । डिएसपी मिश्रलाई बिलटु रविदासको मृत्यु प्रकरणमा नभएर अन्य कारणले प्रदेश कार्यालयमा बोलाएका एसपी प्रसाईले बताएका छन् ।
मिश्रको स्थानमा अस्थायी रूपमा दङ्गा प्रहरी नियन्त्रण गणका डिएसपी जितेन्द्र बस्नेतलाई खटाइएको छ ।
बिलटु रविदास भित्री गन्जीको पासो लगाएर झुन्डिएको अवस्थामा शौचालयमा फेला परेका थिए । त्यस दिन जवान जय प्रकाश यादव ड्युटीमा थिए । सो घटना छानबिनका लागी प्रदेश कार्यालयका एसएसपी महसुद आलम खाँको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
दाजुभाइको विवादमा ज्यान मार्ने तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटीबापतको रकम तिर्न परिवारले जोहो गरिरहेकै अवस्थामा उनी प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन