बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

माधव समूहको बैठक बिहीबारलाई सर्‍यो

मङ्गलबार, १९ साउन २०७८, २१ : १९
मङ्गलबार, १९ साउन २०७८

 नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले बुधबारलाई बोलाएको केन्द्रीय सदस्यहरुको बैठक बिहीबारका लागि सरेको छ । 
उपत्यका बाहिरबाट आउन नेताहरुलाई समय लाग्ने भएकाले बैठक बस्ने मिति सरेको नेता गंगालाल तुलाधरले जानकारी दिए । 

तुलाधरका अनुसार बुधबारको साटो बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्नेछ । 
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
नेता नेपालले सोमबार मात्रै आफु पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे सदस्यहरुको धारणा सुनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप