शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुख्यमन्त्री राईसँग मन्त्रीहरूले गरे कार्य सम्पादन सम्झौता

मङ्गलबार, १९ साउन २०७८, २१ : ०५
मङ्गलबार, १९ साउन २०७८

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरूले कार्य सम्पादन सम्झौता गरेका हुन्। 

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङ लिम्बु, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियेत, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र र भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले कार्य सम्पादन सम्झौता गरेका हुन्  । अब मन्त्रीहरूसँग राज्यमन्त्री र सचिवले कार्य सम्पादन सम्झौता गर्नेछन् ।

प्रदेश सरकारको कामलाई पारदर्शी र नतिजामूलक बनाउन कार्य सम्पादन सम्झौताको गत वर्षदेखि सुरुवात भएको हो । त्यस्तै प्रदेश सुशासन ऐन र नियमावली को व्यवस्थालाई आत्मसाथ गर्दे सम्झौता कार्यक्रमको भएको हो ।    

कार्य सम्पादन सम्झौता कार्यक्रममा मुख्यमन्त्री  राईले जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका थिए ।

उनले परिवर्तनको अनुभूति जनताले महसुस गर्ने गरी काम गर्न आफ्नो मन्त्रिपरिषद्का सबै सदस्य एवम् प्रदेश मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका थिए ।

मुख्यमन्त्री राईले समयमै बजेट कार्यान्वयनमा जुट्न कर्मचारीहरूलाई सो अवसरमा निर्देशन समेत दिएका थिए । उनले अन्तिम चौमासिकमा आएर खर्च गर्ने संस्कारको अन्त्य गर्न आग्रह गर्दै मुख्यमन्त्री राईले पहिलो र दोस्रो चौमासिकबाट खर्च बढाउन आग्रह गरेका छन् ।

अनावश्यक चालू खर्च कटौती गर्न निर्देशन दिँदै मुख्यमन्त्री राईले बेरुजुजस्ता विषयहरू आउन नहुनेमा जोड समेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप