बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई अध्यादेश स्वीकृत

मङ्गलबार, १९ साउन २०७८, २० : ४०
मङ्गलबार, १९ साउन २०७८

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।

 सो बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आव २०७८/७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत प्रदान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप