शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको डल्लुबाट २९ जना जुवाडे पक्राउ

मङ्गलबार, १९ साउन २०७८, २० : २१
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं महानगरपालिका–१५ स्थित डल्लुबाट प्रहरीले २९ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवा (ओखर) खेलिरहेको अवस्थमा उनिहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । 

डल्लु स्थित प्रकाश शाहीको घरमा रहेको जुवा खालबाट प्रहरीले ६ लाख ३ हजार नगद र २६ थान ओखर बरामद गरेको छ । 

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल घर भई बौद्ध बस्ने सुनिता तामाङ, ललितपुर घर भएकी निरु वाइबा, जुम्लाका गगनकली गौचन, भक्तपुर घर भएका दिलु कुमार शाही र रामेछाप घर भएका आङ छिरिङ शेर्पा सहित २९ जना छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप