शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद्‍का ८ निर्णय : भूमि आयोग विघटन, गुरु भट्टराईलाई स्पष्टीकरण

१९ अर्ब ऋण स्वीकृतदेखि सचिवमा बढुवासम्म
मङ्गलबार, १९ साउन २०७८, १९ : ४३
मङ्गलबार, १९ साउन २०७८


 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न ८ वटा निर्णयहरु गरेको छ । ओली सरकारका पालामा गठन भएको भूमि आयोग विघटन गर्ने सरकारले निर्णय गरेको छ । साथै केपी ओलीको पक्षमा वकालत गर्दै आएका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईलाई सरकारले स्पष्टीकरण सोध्ने भएको छ ।  

सरकारले एशियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड सहुलियत ऋण लिने स्वीकृति प्रदान गरेको छ । त्यस्तै निषेधाज्ञाका बेलाको व्यक्तिगत घटना दर्तामा विलम्ब शुल्क छुट दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले गरेका विभिन्न ८ वटा निर्णयहरु जस्ताको त्यस्तै–  

१. कोभिड भ्याक्सिन एशियाली विकास बैंकको सहयोगमा रेस्पोन्सिभ कोभिड १९ भ्याक्सिन फर रिकभरी प्रोजेक्ट अण्डर द एशिया प्यासिफिक भ्याक्सिन फ्यासिलिटी अन्तरगत प्राप्त १६५ मिलियन अमेरिकी डलर करिब १९ अर्ब ५८ करोड सहुलियपूर्ण ऋण सहायता स्वीकार गर्ने ।

२. कोभिड १९ को अवधिमा स्थानीय प्रशासनबाट जारी निषेध आदेशको अवधि मिति २०७८ बैशाख १६ देखि निषेध आदेश अवधिसम्मको व्यक्तिगत घटना दर्ता विलम्ब शुल्क छुट दिने ।

३. राष्ट्रिय जीवनमा उल्लेख्य योगदान पुर्याएका देहायका व्यक्तिहरुलाई विभुषण समितिको सदस्यमा तोक्ने क. प्रा श्रीमती भुषण श्रेष्ठ पूर्वउपकुलपति सुदूर पश्चिमाञ्चल विश्वविद्यालय । ख. गोविन्द प्रसाद शर्मा पूर्वरजिष्टार, त्रिभुवन विश्वविद्यालय । ग. मदन दास श्रेष्ठ, कलाकार । घ. कुशप्रसाद मल्मी, उद्यमी, ङ. ओमप्रकाश महतो सुँडी, इञ्जिनियर । नरबहादुर कँडेल, अवकाशप्राप्त रथी

४. भूमि सम्बन्धी समस्या समाधान आयोग विघटन गरिएको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले आचरण विपरीत कार्य गरेकोले निजलाई स्पष्टीकरण सोधिएको छ ।

५. शिक्षक सेवा आयोगमा देहाय बमोजिम नियुक्ति गर्ने–

मधुप्रसाद रेग्मी, अध्यक्ष, काठमाडौं । सदस्य– डिल्लीराम रिमाल काठमाडौं, नन्दकुमारी महर्जन काठमाडौं ।

६. राष्ट्रिय चिकित्सा शिक्षा पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।

७. गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष श्री कृष्ण मुरारी भण्डारी र सम्पादक सल्लाहकार गोपाल खनालले दिएको राजीनामा स्वीकृत गरिएको छ ।

८. निजामति सेवा ऐन २०४९ को दफा १९ को उपदफा २ को खण्ड (ख) को उपखण्ड २ वमोजिम नेपाल प्रशासन सेवाको समूहीकरण (क्लष्टर) तर्फ राज पत्रांकित विशिष्ट श्रेणी पदमा बढुवा समितिको मिति २०७८ ÷४÷१२ को सिफारिस अनुसार राज पत्रांकित प्रथम श्रेणीका सहसचिव श्री हरिप्रसाद मैनालीलाई बढुवा गरी अतिरिक्त समूहमा पदस्थापना गर्ने ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप