बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ बैंकका ग्राहकहरुलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५% सम्मको छुट

मङ्गलबार, १९ साउन २०७८, १९ : ३८
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोल स्थित अर्थोप्लास्ट रिह्याब सेन्टर बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका हेड अफ सर्कल अफिस कुमारीपाटीका ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका प्रबन्ध निर्देशक हरी कुमार तामाङले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अर्थोप्लास्ट रिह्याब सेन्टरमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ्ग, इन्टरनेट बैैंकिङ्ग प्रयोग गरेबापत फिजियोथेरापी सेवाका भुक्तानी शुल्कमा २५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् । 

साथै उपत्यका बाहिरका यी विभिन्न विस्तारित सेवा केन्द्रहरुमा पनि ग्राहकहरुले छुट प्राप्त गर्न सक्नेछन् । 

-मनकामना अस्पताल, टुम्लिङटार
-चितवन फिजियो थेरापी र रिह्याबिलीटेशन सेन्टर, चितवन
-पार्कल्याण्ड अस्पताल, पोखरा
-नवजिवन फिजियो थेरापी र रिह्याबिलीटेशन सेन्टर, बुटवल
-न्यूरोप्लास्ट फिजियो थेरापी र रिह्याबिलीटेशन सेन्टर, धनगढी

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप