बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलको नेतामा थापा चयन

मङ्गलबार, १९ साउन २०७८, १९ : ०१
मङ्गलबार, १९ साउन २०७८

पोखरा । गण्डकी प्रदेशसभा राष्ट्रिय जनमोर्चाको संसदीय दलको नेतामा पियारी थापा चयन भएकी छन्। यस अघि संसदीय दलको नेता रहेका नेता कृष्ण थापाले पार्टी ह्वीप विपरीत काम गरेको आरोपमा पदमुक्त गरेपछि पियारी थापा दलको नेतामा चयन भएकी हुन् । 

जनमोर्चाको मंगलबार बसेको संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो । सांसद थापा यस अघि सचेतक थिइन् । उनी संसदीय दलको नेता बनेपछि सचेतकको जिम्मेवारी सांसद खीमबिक्रम शाहीले पाएका छन् । 

गण्डकी प्रदेशसभामा जनमोर्चाका तीन जना सांसद रहेका थिए । पार्टीको ह्विप उल्लंघन गरेको आरोपमा जनमोर्चाले सांसद कृष्ण थापालाई कारबाही गरेपछि दुई जनामात्र सांसद रहेका छन् ।

जनमोर्चाले प्रदेशमा नयाँ सत्ता गठबन्धनका क्रममा पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार हटाएर नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार गठन गर्नका लागि महत्वपूर्ण भूमिका खेलेको थियो । 

केपी ओलीले चालेको कदमका विरुद्ध रहेको राष्ट्रिय जनमोर्चा सरकारमा भने सहभागी भएको छैन । उसले सरकार बाहिर रहेर गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने बताउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप