शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा ५०८ जनामा कोरोना पुष्टि, थप २ जनाको मृत्यु

मङ्गलबार, १९ साउन २०७८, १८ : ५७
मङ्गलबार, १९ साउन २०७८

गण्डकी प्रदेशमा थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १३५ जनाको नमुना परिक्षण गरिएकामा ५०८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २४४ महिला र २६४ जना पुरुष रहेका छन् ।

प्रदेशका १० जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की १५५, बागलुङ ५८ स्याङ्जा ७७, म्याग्दी १७, पर्वत १,गोरखा ८४, लमजुङ ११,तनहुँमा ६१ र नवलपुरमा ४४ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९ हजार १५१ पुगेको छ ।

प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१४ की ८४ बर्षिय महिला र नवलपरासी पूर्व,कावासोती–८ की ७२ बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०५ जना पुगेको छ।

प्रदेशमा पछिल्लो २४ घण्टामा ६१० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ७०० पुगेको छ ।  

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ५ हजार ३४६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप