बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मङ्गलबार, १९ साउन २०७८, १८ : ३८
मङ्गलबार, १९ साउन २०७८

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । यही साउन १ गते अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर उपचार गराइएको मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उनलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको थियो ।

डिस्चार्ज भएका मेयर जिसी चिकित्सकको निगरानीमा छोरीको घर बुढानिलकण्ठमा बस्ने मेयरको सचिवालयले जनाएको छ ।
जिसीका प्रेस संयोजक माधव बरालले उनको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अस्पतालले १९ औं दिनमा आज डिस्चार्ज गरेको बताए । बरालले मेयर जिसीको स्वास्थ्यमा सुधार हुदै गएकाले निकट भविष्यमा नै पोखरेली जनताको सेवामा पुनः सक्रिय हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप