बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

मङ्गलबार, १९ साउन २०७८, १८ : ३१
मङ्गलबार, १९ साउन २०७८

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । 

विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । 

जस्तै बंगलादेशले रसियन खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको छ भने भारतले पनि सेरम कम्पनीमार्फत अस्ट्राजेनिकाको कोभिसिल्ड खोप उत्पादन गर्दै आएको छ । सोही खोप नेपालमा पनि आयात गरिँदै आएको छ । 

नेपालले पनि अब यसैगरी खोप उत्पादन गर्न चाहने विदेशी कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप