बैंकहरुले तोकेभन्दा बढी सामाजिक उत्तरदायित्वमा खर्च गरे : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले तोकिएभन्दा पनि बढी सिएसआर (संस्थागत सामाजिक उत्तरदायित्व ) शीर्षमा खर्च गरेको बताएको छ । मंगलबार एक रिर्पोट सार्वजनिक गर्दै बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो खुद नाफाको अधिकतम १.५८ प्रतिशतले हुन आउने रकम सिएसआर आन्तर्गत खर्च गरेको जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको वार्षिक प्रतिवेदन, नेपाल राष्ट्र बैंकमा पेश गरेका तथ्यांकका साथै २०७७ कार्तिक २० देखि मंसिर २६ गतेसम्म अनलाइन सर्वेक्षणका आधारमा रिर्पोट तयार गरेको राष्ट्र बैंकले तोकिए भन्दा पनि बढि बैंक तथा वित्तीय संस्थाहरुले खर्च गरेको देखाएको हो ।
राष्ट्र बैंकको अध्ययन अनुसार आ.व. २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आ.व. २०७५/७६ को खुद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखाएको छ । जुन बैंकले तोकेको खूद मुनाफाको न्यूनतम १ प्रतिशतभन्दा माथि रहेको छ ।
बैंक तथा वित्तीय संस्थाको वर्ग अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुले औसतमा १.५४ प्रतिशत, ‘ख’ वर्गका विकास बैंकहरुले १.५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरुले १.६६ प्रतिशत तथा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुले २.०१ प्रतिशतले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । यस्ता बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो छवि उच्च राख्न र लोकप्रियता देखाउन पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरेको देखिएको बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरु मध्ये ८५ प्रतिशतले आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्व नीति रहेको तथा ५१ प्रतिशतले सो सम्बन्धी वार्षिक योजना बनाउने गरेको समेत बैंकले रिर्पोटमा उल्लेख गरेको छ ।
तथापि, संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको खर्च क्षेत्रगत तथा प्रदेशगत रुपमा सन्तुलित भने हुन नसकेको बैंकले जनाएको छ । सो सम्बन्धमा क्रमिक रुपमा सुधार हुँदै गएपनि सामाजिक उत्तरदायित्व कोषको दुई तिहाइभन्दा बढी खर्च बागमती प्रदेशमा मात्र हुने गरेको यथार्थ बैंकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण