शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुक बिल्डिङ प्रक्रियाबाट सेयर निष्काशन कति जायज ?

मङ्गलबार, १९ साउन २०७८, २२ : १६
मङ्गलबार, १९ साउन २०७८

पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्ने प्रक्रियामा रहेको सर्वाेत्तम सिमेन्टको सेयर विवादले बुक बिल्डिङ प्रक्रियाको पहिलो गाँसमै ढुंगा लागेको छ ।

सर्वोत्तमको सेयर नियामकदेखि बिक्री प्रबन्धकसमेतले आफ्नो अनुकुल हुने गरी सर्वसाधारण भन्दा सस्तो मूल्यमा निष्काशन अगावै खरिद गर्नुले यो प्रक्रिया नै शंकाको घेरामा परेको छ ।

यद्यपि विज्ञले यसलाई नियामकमा बस्ने व्यक्तिमा स्वार्थ हुनुले प्रक्रियालाई गलत तरिकाले प्रस्तुत गरेको बताउँछन् ।

बुक बिल्डिङ प्रक्रियाबाट सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर नियामककै प्रमुखदेखि सेयर कारोबार हुने नेप्से र बिक्री प्रबन्धकसम्मले आफ्नो स्वार्थ अनुरुप पारिवारिक सदस्यको नाममा सेयर खरिद गरेको समाचारका कारण यो प्रक्रियाबाट लगानीकता भने  तर्सिएका छन् ।

नियामकदेखि बिक्री प्रबन्धकसम्मले आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेर बाँकी भएको सेयरको बढी मूल्य राखेर सर्वसाधारणलाई भिडाउन खोज्ने आशयका रुपमा यतिबेला लगानीकर्ताले यो प्रक्रियालाई अर्थाएका छन् ।

के बुक बिल्डङ प्रक्रिया नै लगानीकर्ताले सोचेजस्तै हो त ? यसबारे रातोपाटीले सेयर विश्लेषक डा. केशव श्रेष्ठलाई सोधेको छ । श्रेष्ठको भनाइ जस्ताको त्यस्तै–

के हो बुक बिल्डिङ प्रक्रिया ?

बुक बिल्डिङ कुनै पनि शेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रिया हो । हालसम्म सामान्यतया आईपीओहरुको किताबी मूल्य यसको अंकित मूल्य बराबर राख्दै आईपीओ बिक्री गर्ने व्यवस्था रहेकोमा त्यसरी शेयर बिक्री गर्न नचाहनेहरुलाई नयाँ किताबी मूल्य तय गर्ने पद्दति नै बुक बिल्डिङ हो ।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर ७५० रुपैयाँमा  बिक्रीको प्रस्ताव अगाडि सारेको थियो । कम्पनीको कुल चुक्ता पूँजी ४ अर्ब ६५ करोडमध्ये १२.९ प्रतिशत शेयर मात्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । 

कम्पनीका अनुसार कुल ६० लाख कित्ता सेयर मध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्ताहरुका लागि ८ लाख कित्ता स्थानीय जिल्लाबासीका लागि र बाँकी २८ लाख कित्ता सेयर कम्पनीका कर्मचारी तथा अन्य सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको छ ।

​कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रहेको छ भने ६० लाख कित्ता सेयर जारी गरिसके पछि कम्पनीको चुक्तापुँजी कुल ४ अर्ब रुपैयाँ पुग्नेछ ।

यो प्रक्रिया  आफैमा नराम्रो होइन । नेपालमा के चलन छ भने कुनै पनि काम शुरु गर्दा आफूलाई के फाइदा छ भनेर हेर्ने परिपाटी बस्यो । नियामक निकायको प्रमुख भएर बसेको मान्छेले यो गर्नुआफंैमा गलत हो । तर, यसले गर्दा प्रक्रिया नै गलत भयो भन्नचाहिँ सकिँदैन ।

सर्वोत्तम सिमेन्टको सेयर मूल्य ७५० भनिएको थियो । यो आफंैमा महंगो भयो । अब यहाँ गर्न खोजेको के देखियो भने  सेयर निष्काशन गर्न लागेको कम्पनीले सेयर मूल्य ७ सय ५० रुपैयाँ गराइदिनोस्,  बरु तपाईहरुलाई सस्तोमा सेयर दिउँला भनेजस्तो देखिन्छ, पछिल्लो घटनाले ।

योग्य संस्थागत बिडरलाई स्वस्थ मूल्यको हिसाबले बोल कबोल गर्न दिनुपथ्र्यो । ७५० हुन्थ्यो कि, ३ सय हुन्थ्यो कि, हजार हुन्थ्यो कि त्यसले निर्धारण गथ्र्यो । यसमा कुनै नीहित स्वार्थ नघुसेको भए सर्वोत्तमको सेयर मूल्य ७ सय ५० नै हुन्थ्यो भन्ने थिएन । यहाँ त कम्पनीले जर्बजस्ती ७ सय ५० लाई फिक्स गराउन खोजेको देखिन्छ ।

नियामक निकायमा सही मान्छे बस्नुपर्छ ।  अनि मात्र बुक बिल्डिङ प्रक्रिया सही तरिकाले लागु हुन्छ । बुक बिल्डङ प्रक्रिया केही दिन रोकिन सक्ला, तर पछि लागु हुन्छ, हुनुपर्छ । यिनै मान्छेहरुबाट चाहिँ आश गर्न सकिँदैन । बाघको मुखमा रगत लागि सक्यो । नियामक निकायले स्पष्टीकरण दिए पनि चोखो छन् भन्ने आधार छैन ।  अब नियामकको प्रमुख मात्र होइन, सर्वोत्तमलाई नै किन कारबाही नगर्ने भन्ने विषय पनि उठेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप