बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभामा प्रतिवेदन पेश

मङ्गलबार, १९ साउन २०७८, १२ : ००
मङ्गलबार, १९ साउन २०७८

प्रतिनिधिसभामा ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन आव २०७६/०७७’ पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसांसद अकबरबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

प्रतिनिधिसभाको अर्को बैठक यही साउन २६ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप