उपत्यकामा फेरि साउन २७ सम्म निषेधाज्ञा लम्बियो, के गर्न पाइन्छ के पाइँदैन ? (आदेशसहित)
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ। पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिँदै आएको छ ।
मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि प्रशासनले लगाएको साउन २० गते रातिदेखि सकिँदै थियो ।
निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।
शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।
साउन २७ सम्म के गर्न पाइन्छ, के पाइँदैन विस्तृतमाः



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण