शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा फेरि साउन २७ सम्म निषेधाज्ञा लम्बियो, के गर्न पाइन्छ के पाइँदैन ? (आदेशसहित)

मङ्गलबार, १९ साउन २०७८, २२ : १३
मङ्गलबार, १९ साउन २०७८

काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप गरिएको छ।  पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाइँदै लगिएपनि कोरोना संक्रमणमा कमि नआएका कारण स्थानीय प्रशासनले निषेधाज्ञालाई भने निरन्तरता दिँदै आएको छ । 
मंगलबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २७ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघि प्रशासनले लगाएको साउन २० गते रातिदेखि सकिँदै थियो । 

निर्णयानुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ । 

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने  ढुवानी सञ्चालन गर्न पाइने पनि प्रशासनको सूचनामा उल्लेख छ । यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्नेलगायतका निर्णय भएका छन् ।  

साउन २७ सम्म के गर्न पाइन्छ, के पाइँदैन विस्तृतमाः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप