बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशनतर्फ केन्द्रीतः थापा

मङ्गलबार, १९ साउन २०७८, १६ : २८
मङ्गलबार, १९ साउन २०७८

राप्रपा अध्यक्ष कमल थापाले संगठन सुदृढीकरण गर्दै पार्टी महाधिवेशन केन्द्रीत हुने बताएका छन् । मंगलबार  पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिको आयोजनामा आयोजित भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले स्थानीय निकाय निर्वाचनको तयारीलाई तिव्रता दिन समेत निर्देशन दिए । 

महाधिवेशन अघि पार्टीको स्थानीय तह गठन, पुनर्गठन र अधिवेशनलाई उच्च प्राथमिकता दिई अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै थापाले महाधिवेशन पश्चात् भ्रष्टाचार , सर्वसत्ताबाद, धर्मपरिवर्तन, बेरोजगारका बिषयमा शसक्त आवाज उठाउँदै पार्टी आन्दोलित हुने बताए । 

राप्रपालाई अग्रणी राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउनको निमित्त सबैले शसक्त भुमिका निर्वाह गर्नुपर्नेमा पनि थापाको जोड थियो । महाधिवेशन ,स्थानिय निकाय निर्वाचन र संसदीय निर्वाचन दृष्टिगत गर्दै कार्ययोजना अनुरुप कार्यतालिका बनाएर प्रभावकारी रुपमा परिचालित हुन थापाको आग्रह थियो ।

 थापाको संयोजकत्वमा केही समय अघि  परिचालन समिती गठन भएको थियो । आजको बैठकमा प्रदेश १, २ र बागमती प्रदेशको पार्टीका जिल्ला अध्यक्षहरूको सहभागिता रहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप