लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष समावेदन
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् ।
मंगलबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेलगत्तै विपक्षी गठबन्धनका नेताहरू प्रदेश प्रमुखको कार्यालय पुगेर विशेष अधिवेशनको मागसहित समावेदन दिएका हुन् ।
यसअघि विपक्षी गठबन्धनका नेताहरूले सोमबार प्रदेश प्रमुख शेरचनसमक्ष संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठनका लागि आह्वान गर्न माग गरेका थिए । तर सरकार गठन तथा विस्थापित गर्ने प्रक्रिया प्रदेशसभाबाटै हुने भएकाले विपक्षी गठबन्धनले प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले वर्तमान सरकार अल्पमतमा रहेको दाबी गर्दै आएका छन् । संविधानको मर्म विपरीत सरकार गठन भएको उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
